ब्यूरोद्वारा मायादेवीमा ईन्काउन्टर, खानलाई गोली लाग्यो, ३ जना तस्कर गिरफ्तार
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले लागुऔषध सप्लाई गर्ने गिरोहको चेन तोड्न गोली प्रहार गरेर ३ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ६ गुरबनियामा लागुऔषध कारोबारीको गिरोहलाई पक्राउ गर्न खोज्दा लागुऔषध तस्करीको गिरोहले पेस्तोल ताकेपछि प्रहरीले आत्मरक्षाका लागि ७ राउण्ड हवाई फायर गरेर ३ जनालाई पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रहरीले गोली चलाउँदा ईकवाल खानको बायाँ खुट्टाको घुँडामुनि १ राउण्ड गोली फायर गरिएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रेग्मीले बताएका छन् ।
ब्यूरोको टोलीले भारतको आत्मज फेक कोटवा थौरी अमेठी मुसाफिर खान, उत्तर प्रदेश २२७८१८ ठेगाना भएका वर्ष ५० का ईकवाल खानलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । खान गोली लागेर घाइते छन् ।
खानसँगै पक्राउ पर्नेमा भारतको साधुनगर पोष्ट चतरा थाना शोहरत गढ सिद्धार्थनगर २७२२०५ ठेगाना भएका वर्ष ३४ का रामदयाल शर्मा र रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४ ठेगाना भएका वर्ष २४ का साराजुद्दिन मुसलमान रहेका छन् ।
उनीहरूको साथबाट ब्यूरोको प्रहरी टोलीले लागुऔषध खैरो हेरोईन ३ सय ग्राम, पेस्तोल थान १ र गोली राउण्ड २, यूपी३६जेड३१५८ नम्बरको मोटरसाईकल र मोबाइल थान २ पनि बरामद भएको एसपी रेग्मीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया