अख्तियारद्वारा स्ट्रिङ अप्रेसन गरी कार्यालय प्रमुखलाई घुसको रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादवलाई १२ हजार रुपियाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

मंगलबार अख्तियारको टोलीले यादवलाई १२ हजार रुपियाँ घुससहित कर्जन्हा नगरपालिका ४ स्थितबाट नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कर्जन्हा नगरपालिका–२ स्थित रहेको एक काठ उद्योगले विभिन्न स्थानबाट ल्याएको काठको लागि उद्योगीसँग तीन ट्रक काठको चारचार हजारका दरले घुस लिएको अख्तियारले जनाएको छ ।

घुस मागेपछि सेवाग्राही अख्तियारमा पुगेका थिए । सोही अनुसार स्ट्रिङ अप्रेसन गरी मंगलबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

Published : Tuesday, 2026 July 7, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया