सडक दुर्घटना गराएर फरार भारतीय नागरिक सिंह पक्राउ
धनगढी । जिल्ला प्रहरी कार्यालय, कैलालीले भारतीय नागरिक ४२ वर्षीय अश्वनीकुमार सिंहलाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको घटनामा भारतीय नागरिक सिंह पक्राउ परेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई युपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय कारले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार बैतडीको सिगास गाउँपालिका १ गजकोट निवासी ४८ वर्षीय पदम चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट चन्द गम्भीर घाइते भएपछि उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
दुर्घटनापछि फरार भएका कार चालक भारतको उत्तर प्रदेश, वाराणसी बस्ने सिंहलाई कारसहित कैलालीको गोदावरी नगरपालिका ६ लालपुरबाट पक्राउ गरिएको छ ।
मोटरसाइकल चालक गौतम ऐरको सीपी अस्पताल धनगढीमा उपचार भईरहेको र अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया