मन्त्रीको चाकडी गर्ने पत्रकार महासंघलाई मन्त्रालयको कोठामा सार्नुस् : प्रेस युनियनका अध्यक्ष लम्साल
काठमाडौं । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाल पत्रकार महासंघलाई सूचना तथा सञ्चार मन्त्रालयको एउटा कोठामा सार्न सुझाव दिएका छन् ।
आइतबार काठमाडौंमा नेपाल पत्रकार महासंघले आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले सूचना तथा सञ्चारमन्त्रीको चाकडी गर्न कार्यक्रमको आयोजना गरेको भन्दै पत्रकार महासंघको नेतृत्वको आलोचना गरे । उनले पत्रकार महासंघको वर्तमान नेतृत्व पत्रकारहरूको हकहितमा छैन भन्ने कुरा मन्त्रीलाई सर्तसहितको कार्यक्रम राखेर आफ्नो अनुहार देखाएको बताए ।
प्रेस युनियनका अध्यक्ष लम्सालले भने, ‘साथीहरूले के बुझ्नु पर्यो भने पत्रकार महासंघ अब आजको कार्यक्रम हेरेपछि सञ्चार मन्त्रालयको एउटा कोठामा सार्नु प¥यो । मेरो प्रस्ताव छ । यो संगठनले पत्रकारहरूको लाइनमा र पत्रकारहरूको पक्षमा काम नगरेन भन्ने ठहर मन्त्रीले दिएको उत्तर र महासंघको केन्द्रीय अध्यक्षले राखेका प्रस्ताव सबै कुराले टुङ्गो लागिसकेको छ ।’
‘पत्रकार महासंघको आफ्नो मात्रै कुरा अथवा आजको कार्यक्रमको सभापति महेन्द्र विष्टलाई बनाएको भए हुन्थ्यो । हरिहर विरहीलाई बनाएको भए हुन्थ्यो,’ लम्सालले भने, ‘मन्त्रीलाई सर्तसहित सरोकारवालाहरूलाई पनि बोल्न नदिने सर्तमा मन्त्रीलाई खुसी पार्न ल्याउने र मन्त्रीको चाकडी गर्न ल्याउने र मान्छेलाई झुक्याउन माइतीघर मण्डला बोलाउने महासंघ हामीले बनाएको होइन ।’
उनले भने, ‘पत्रकार महासंघ सच्चिन जरुरी छ । हामीले सच्याउन सकेनौँ भने यो पत्रकार महासंघले नेपालको पत्रकारिताको क्षेत्र जोगाउन पनि सक्दैन । लोकतन्त्रको पक्षमा वकालत गर्न पनि सक्दैन ।’
अध्यक्ष लम्सालले भने, ‘प्रदेश सरकारले फण्डिङ गरिदिन्छु, प्रदेश सरकारको कानूनको बारेमा छलफल गर्न छ त्यस कारणले ? हामी ट्रेडयुनियनमार्फत अगाडि बढ्नुपर्छ भन्ने पत्रकार महासंघ निर्माण गर्ने अभियानमा जुटेको त्यस कारणले यो ट्रेड युनियन सम्बन्धित कुरा यसमा समावेश हुनुपर्छ । हामीले पत्रकार महासंघ एनजीओ बनाएको होइन ।’
पत्रकार महासंघको वर्तमान नेतृत्वले पत्रकारहरूको हकहितका लागि सरकारले दिँदै आएको सहयोगलाई कटौती गर्न तथा मन्त्रीको चाकडी गर्न निवेदन दिएको भन्दै लम्सालले आलोचना गरेका छन् ।
‘लोकतान्त्रिक आन्दोलन र राजाको पालमा कटौती नभएका पत्रकारहरूको क्षमता अभिवृद्धि, अध्ययन र संगठनहरूले गर्ने कामका विषयमा दिँदै आएको अनुदान यस पटक पत्रकार महासंघको नेतृत्वले हामी बाहेक कुनै संगठन छैन, अरु तपाईलाई मन लागेको संगठनलाई दिँदा हुन्छ, प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरलाई दिनुपर्दैन त्यस कारणले त्यो पैसा हामीलाई मात्रै दिनुस् भनेर प्रस्ताव लिएर गएको पत्रकार महासंघको मञ्चमा गर्वका साथ म बोल्न सक्छु,’ अध्यक्ष लम्सालले भने ।
उनले भने, ‘सुख, दुःख गरेर सञ्चारमाध्यम चलाइरहेका साथीहरूलाई क्लोजिङको समयमा बोलाएर मन्त्रीसँग चाकडी गर्नका निम्ती र मन्त्रीसँग सम्झौता गर्ने गरी जिल्ला सभापतिहरूको सम्मेलन हुँदैन । जिल्ला शाखा सभापतिहरूको यो कर्मकाण्ड हो ?’
‘पत्रकार महासंघ जिल्ला शाखा सभापतिहरूको राष्ट्रिय सम्मेलनको सफलताको शुभकामना गर्न चाहन्छु,’ उनले भने, ‘नेपाल पत्रकार महासंघले तयार गरेको कार्यक्रममा तपाईहरू जहाँ पार्टिसिपेन्ट हुनुहुन्छ, उहाँहरूले निम्ता गरेका शाखा र प्रदेशका साथीहरू अट्ने पनि हल छैन । कार्यक्रममा जसलाई बोलाउनु पर्ने थियो उहाँहरूले बोलाउनु भएको थियो । सर्तसहित बोलाउनु भएको थियो ।’
‘तपाईहरूले थाहा पाउन जरुरी छ । मन्त्री र हरिहर विरही दाई बोल्ने, कार्यक्रम सक्ने, उद्घाटनसत्र सक्ने, मन्त्रीजी जाने, अरु कार्यक्रम हुँदै गर्छ भन्ने थियो,’ लम्सालले भने, ‘खास त्यस्तो भएपछि हाम्रो सर्तसहितको मन्त्रीको अगाडि हाम्रा कुरा पनि भन्न नपर्ने, मन्त्रीले क्लास लिइहाल्नुभयो, सुनिहाल्यौँ ।’
उनले भने, ‘समाचार यसरी लेख्नु पर्छ, समाचार यस्तो भयो भने तपाईहरूलाई मुद्दा लाग्दैन, तपाईहरूले यस्तो गर्नुभयो भने तपाईहरूलाई साइबर ब्यूरो लाग्दैन भन्ने कुरा त सिकाउनु भयो । हामीले सिकिहाल्यौँ । त्यो सिक्नका लागि पत्रकार महासंघले हामीलाई निम्तो गरेकोमा खासै धेरै रहेन ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया