नवलपरासीका तरुण अध्यक्ष गुरुङलाई पितृशोक, नेता कँडेलद्वारा समवेदना प्रकट
बर्दघाट । नेपाल तरुण दल, नवलपरासीका जिल्ला सभापति एवम् नेपाली कांग्रेसका नेता शुकबहादुर गुरुङलाई पितृशोक परेको छ ।
तरुण अध्यक्ष गुरुङका पिता नरजित गुरुङको ९१ वर्षको उमेरमा असार १६ गते निधन भएको छ । अध्यक्ष गुरुङ पितको १३ दिनको धार्मिक संस्कारमा छन् ।
नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १६ निवासी नरजित गुरुङको निधन भएकोमा नेपाली कांग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री देवेन्द्रराज कँडेलले गहिरो शोक व्यक्त गरेका छन् । शनिबार नेता कँडेलले तरुण अध्यक्ष गुरुङलाई निवासमै पुगेर भेट गरी शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै निधन भएका स्व.नरजित गुरुङप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
नरजित गुरुङको जन्म विक्रम संवत् १९९२ सालमा भएको थियो । ९१ वर्षको उमेरमा उनको निधन भएको छ । नरजित गुरुङ स्याङजा जिल्लाबाट बर्दघाटमा बसाइ सरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया