सलमानको फिल्म ‘मातृभूमि’को प्रमाणपत्र सेन्सरले रोक्यो
मुम्बई । बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘मातृभूमि’लाई अर्को आदेश नआएसम्म प्रमाणपत्र नदिने केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सेन्सर)ले निर्णय गरेको छ ।
‘मातृभूमि’ फिल्म सन् २०२० मा भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा भएको सैन्य झडपमा आधारित छ । फिल्मको नाम ‘बैटल अफ गलवान’ राखिएको थियो ।
फिल्म शुरुमा अप्रिल १७ मा ईदको अवसरमा प्रदर्शन गर्ने योजना थियो । ‘मातृभूमि’को प्रदर्शन मिति अगस्टमा सारिएको थियो । सेन्सर बोर्डको निर्णयका कारण अब अगस्टमा पनि फिल्म प्रदर्शन हुने सम्भावना अनिश्चित बनेको छ ।
‘मातृभूमि’ को प्रमाणपत्र दिनमा अझै केही समयका लागि रोक लगाइएको छ । निर्माण पक्षले भारतको स्वतन्त्रता दिवसको अवसर पारेर अगस्टमा फिल्म रिलिज गर्ने आशा राखेका छन् ।
‘मातृभूमि’ सलमान खान फिल्म्सको ब्यानरमा सलमा खानले निर्माण गरेकी हुन् । फिल्मको निर्देशन अपूर्व लाखियाले गरेका छन् । फिल्ममा सलमान खान, चित्राङ्गदा सिंह, अभिलाष चौधरी र अंकुर भाटिया मुख्य भूमिकामा छन् । ‘मातृभूमि’को संगीत हिमेश रेशमियाले तयार गरेका छन् ।
चिनियाँ प्रयोगकर्ताहरूले गलवान घटनालाई गलत रूपमा प्रस्तुत गरिएको आरोप लगाएका थिए । त्यसपछि निर्माता पक्षले फिल्मको नाम ‘बैटल अफ गलवान’ बाट ‘मातृभूमि’मा परिवर्तन गरेको थियो । फिल्मका केही दृश्य र पटकथामा पनि परिमार्जन गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया