काठमाडौंमा पक्राउ परिन् इलामकी दीपिका
काठमाडौं । प्रहरी हुँभन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा बस्ने ३३ वर्षीया दीपिका बोहोरा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाम नगरपालिका–१० घर भएकी दीपिकालाई बिहीबार प्रहरीले पक्राउ गरेको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ ।
दीपिकाले आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँभन्दै पोशाक लगाएको तस्बिर देखाई विभिन्न आश्वासन दिई ठगी गर्दै आएको प्रहरीले जनाएका छ ।
दीपिकाले आफ्नो ई–सेवा तथा मोबाइल बैंकिङमा पैसा राख्न लगाई निवेदकलाई झुक्यानमा पारी ठगी तथा आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ गंगबुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया