काभ्रेका पन्त र रामेछापका खत्री काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६ बस्ने काभ्रे घर भएका ३८ वर्षीय सरोज पन्त र टोखा नगरपालिका–३ बस्ने रामेछाप घर भएका २२ वर्षीय अनिल खत्री रहेको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ ।

सरोजले आयरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपियाँ र अनिलले युएई पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २३ लाख रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका–८ बाट शुक्रबार र अनिललाई टोखा नगरपालिका–६ बाट बिहीबार पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Saturday, 2026 July 4, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया