प्रहरी नै मिलेर जुवा र एघार गोटी खेलाएपछि सेनाद्वारा गिरोहलाई गिरफ्तार
काठमाडौं । जुवा र एघार गोटी खेलाएको तथा खेलिरहेको अवस्थामा नेपाली सेनाको गस्ती टोलीले काठमाडौं साँखु–थली क्षेत्रको जंगलबाट १६ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ ।
गस्तीका क्रममा जंगल क्षेत्रमा ठूलो समूह जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ । बरामद नगद रकम र पक्राउ परेकाहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
स्थानीयवासीका अनुसार बौद्ध प्रहरी वृत्त अन्तर्गत साँखु र थली क्षेत्रमा लामो समयदेखि जुवा तथा एघार गोटी खेलाउने समूह सक्रिय छन् ।
प्रहरीको निगरानी बढेपछि उनीहरूले होटल, घर तथा भाडाका कोठाबाट जंगलतर्फ गतिविधि सारेको स्थानीयले बताएका छन् ।
स्थानीयले केही प्रहरी कर्मचारी र सिभिल पोशाकमा खटिने सुरक्षाकर्मीको संरक्षणमा यस्ता अवैध गतिविधि सञ्चालन हुँदै आएको आरोप लगाएका छन् । यद्यपि, उक्त आरोपबारे सम्बन्धित प्रहरी निकायको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।
नेपाली सेनाको टोलीबाट भएको यस कारबाहीले स्थानीयले लामो समयदेखि उठाउँदै आएको गुनासोप्रति थप प्रश्न खडा गरेको छ । घटनाबारे निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कारबाही गर्न स्थानीयवासीले माग गरेका छन् ।
घटनासम्बन्धी भिडियो तथा तस्बिरसमेत सार्वजनिक भएका छन् । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको स्रोतले जनाएको छ ।
काठमाडौं उपत्यका तनहुँ लगायतका जिल्लाहरूमा जुवा खेलाउने र खेल्ने समूह सक्रिय भएका छन् । प्रहरीसँगको सेटिङमा जुवा खेलाउने गरिएको आरोप लाग्दै आएको छ । सिभिल अर्थात् घुमुवा प्रहरीको संरक्षणमा जुवा खेलाउने र खेल्ने तथा त्यसको कमिशन जिल्लाकै उच्च प्रहरी नेतृत्वमसम्म पुग्ने गरेको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया