अख्तियारद्वारा राजपुरका तत्कालीन हाकिमसहित ४ जनाविरुद्ध लाखौँको भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
शुक्रबार अख्तियारले ठाकुरसहितका चार जनाविरुद्ध गैरकानूनी लाभ वा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर सहित नगरपालिकाका तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र लेखापाल शेख जहिरमाथि जनही ११ लाख १० हजार ११४ रुपियाँ मागदाबी सहित मुद्दा दायर गरिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
राजापुर नगरपालिका–५ स्थित जनता नमूना माध्यमिक विद्यालयमा प्रि–स्कुल ब्लकको ८ कोठे भवन निर्माण गर्दा लागत भन्दा बढी मूल्यांकन गरी भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा छ ।
भवन निर्माणको लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रुपियाँ थियो । विद्यालयमा गठन भएको भौतिक संरचना निर्माण समितिले उक्त अनुमान लागत संशोधन गरी १ करोड ५ लाख ७७ हजार ५९६ रुपियाँ हुने गरी निर्माण कार्य अघि बढाएको थियो ।
समितिले उक्त अनुमानभन्दा ११ लाख १० हजार ११४ रुपियाँ बढी खर्च भएको बिलभर्पाइ बनाएर भुक्तानी लिएको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया