महिलाको अश्लील भिडियोमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौंको बत्तीसपुतली बस्ने २० वर्षीय पवन निसादलाई प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देहीको गैडहवा गाउँपालिका–८ घर भएका निसादलाई बुधबार पक्राउ गरेको प्रहरी समाचार कक्ष, नक्सालले विज्ञप्तिमार्फत जनाएको छ ।

पीडित महिलासँग सम्बन्धमा रहँदा खिचेका अश्लील भिडियो, तस्विर दुरूपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दुःख हैरानी दिई अनुचित लाभका लागि बारम्बार दबाब दिएको प्रहरीले जनाएको छ ।

उक्त भिडियो तथा तस्विर सामाजिक सञ्जाल ह्वाट्सएपमा पीडितका परिवारलाई पठाएको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई टोखा नगरपालिका–७ बाट पक्राउ गरेको छ ।

निसाद उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2026 July 2, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया