प्रहरीका आठ एआईजीहरूको सरुवा, सीआईबीमा चतुर्बेदी, रानीपोखरीमा राठौर
काठमाडौं । झण्डै दुईतिहाइको सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ ।
बुधबार प्रहरी प्रधान कार्यालय, नक्सालद्वारा जारी सूचनाअनुसार सरकारको मन्त्रिपरिषद निर्णयानुसार एआईजीहरूको सरुवा भएको हो ।
एआईजी राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, एआईजी मनोजकुमार के.सी.लाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, एआईजी शिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्साल, एआईजी सुशीलसिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।
एआईजी उमाप्रसाद चतुर्बेदीलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट, एआईजी हिमालयकुमार श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल, एआईजी डम्बरबहादुर बिश्वकर्मालाई प्रहरी प्रधान कार्यालय प्रशासन विभाग नक्साल र एआईजी ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्सालमा सरुवा भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को कमाण्ड एआईजी उमाप्रसाद चतुर्बेदी र एआईजी सुशीलसिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी दिएर सरकारले न्याय गरेको छ ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया