लास र दासका मालिकहरूबाट कांग्रेस संकटमा पर्ने देखियो : कुन्दनराज काफ्ले

काठमाडौं । नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले लास र दासका मालिकहरुबाट पार्टी संकटमा परेको बताएका छन् ।

बुधबार नेता काफ्लेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘लास र दासका मालिकहरूबाट पार्टी संकटमा पर्ने देखियो । बोल्ने एकथोक गर्ने अर्कै ।’

‘आफ्नो भजन कीर्तन गराउने र विवेक बन्धक बनाउन लगाउने अनि पार्टीमा नियुक्ति पजनी गर्ने चलन वडा अजिब छ,’ उनले भने, ‘यही धोको पूरा गर्न विशेषका नाममा विभाजन गरिएको रहेछ । पर्धा उघारिँदै छ । नाटकको पटाक्षेप हुँदैछ ।’

भृकुटीमण्डप भेला अर्थात कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेपछि निर्वाचन आयोग र सर्वोच्च अदालतबाट कानूनी मान्यता पाएका छन् । गगनले कांग्रेसलाई मिलाएर लैजाने भन्दा पनि धम्कीको अभिव्यक्ति दिँदै आएका छन् ।

गगनका साथै उनी निकटका केही नेताहरु पनि विभाजनको नजिक पुगेको कांग्रेसलाई मिलाउने भन्दा पनि उत्तेजित अभिव्यक्ति दिँदै आएका बेला नेता काफ्लेले लास र दासहरुका मालिकलाई सचेत गराएका छन् ।

Published : Wednesday, 2026 July 1, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया