सडक ढलान गर्नुभन्दा पहिला नाला निर्माण गर्न रानीघाटवासीको माग
वीरगञ्ज । मधेश प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालयले वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित कृषि औजार कारखाना अगाडिको मुख्य सडकमा नाला निर्माण नै नगरी ढलान गर्न ठेक्का लगाएपछि स्थानीयले विरोध गरेका छन् ।
सामान्य पानी पर्दा समेत सडकमा पानी जम्मा हुने समस्याबाट पीडित रहेका स्थानीयले शुक्रबार ठेकेदारले ढलानको काम अगाडि बढाउन थालेपछि विरोध गरेका हुन् ।
४३ लाख २० हजार रुपियाँमा भौतिक पूर्वाधार कार्यालयले वीरगञ्जको मिश्रा निर्माण सेवालाई निर्माणको ठेक्का दिएको छ । ठेक्का सम्झौता पत्रमा सडक तथा नाला निर्माण उल्लेख भएको देखिन्छ । कालोपत्रे सडकमा ढलान किन पास गरेको भन्दै स्थानीयले वडाध्यक्षलाई प्रश्न गरेका छन् ।
विगतमा पिच गरिएको उक्त सडक अहिले ढलान हुन थालेको छ । ठेकेदार कम्पीले ढलान गर्नु अगाडि पुरानो पिचलाई उख्लेर, ग्रेडिङ गरी, ग्राभेल ओछ्याई सडकमाथि फलामे डन्डी राखेर ढलान गुर्नपर्ने भौतिक पूर्वाधार कार्यालयका प्राविधिकले जनाएका छन् ।
ठेकेदारले पुरानो पिचलाई नउखेली त्यसकै माथि ढलान गर्न लागेको स्थानीयले आरोप लगाएका छन् । कार्यालयका इञ्जिनियरको मिलेमतोमा ठेकेदारले पुरानो पिच नउखाली खाल्डो मात्र पुर्ने योजनामा रहेको स्थानीयले बताए ।
भौतिक पूर्वाधार कार्यालयका प्राविधिक युवराज पटेलले सम्झौता बमोजिम ठेकेदराले गुणस्तर कायम राख्नुपर्ने बताए । ठेकेदारले वडाध्यक्ष अजय चौरासियाकै समन्वयमा काम अगाडि बढाएको इञ्जिनियर पटेलले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया