कोटेश्वरबाट आदित्य सिंह पक्राउ

काठमाडौं । गृह मन्त्रालयको जिम्मेवार व्यक्ति हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह रहेको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ ।

सिंहले आफू गृह मन्त्रालयको जिम्मेवार व्यक्ति भएको परिचय दिँदै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्न खोजेको अभियोग लागेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2026 June 28, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया