उमेर पुगेकी युवतीलाई करणी गरेको अभियोगमा पक्राउ
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङको सिद्धलेक गाउँपालिका–१ बस्ने २३ वर्षीय बिधान विश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ ।
बिधानले ती महिलालाई नेपालगंज उपमहानगरपालिका–४ स्थित होटलमा बुधबार राति जबरजस्ती करणी गरेको अभियोग लागेको छ । उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरीले बिधानलाई पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Friday, 2026 June 26, 12:43 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया