उपसभापतिमा डा.वाग्ले निर्विरोध, महामन्त्रीमा विपिनसहित ८ जनाको उम्मेदवारी

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को १ महामन्त्री पदका लागि ८ जनाको उम्मेदवारी परेको छ ।

२ महामन्त्री पदमध्ये खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने एक महामन्त्री पदमा ८ जनाको उम्मेदवारी परेको हो ।

भरतपुरमा शुक्रबार निर्वाचन आयोगले जारी गरेको पदाधिकारीको उम्मेदवारी सूची अनुसार महामन्त्री विपिनकुमार आचार्य, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनीष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकालको उम्मेदवारी परेको छ ।

यसअघि कविन्द्र बुर्लाकोटी र जगदीश खरेलले महामन्त्रीको उम्मेदवारी फिर्ता लिएका थिए ।

३ सहमहामन्त्री (२ खुला र १ महिला) मा १६ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ११ र महिलातर्फ ५ जनाले उम्मेदवारी दिएका छन् ।

खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम साह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन् ।

महिलातर्फ जुली यादव, जमुना शर्मा (विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ ।

एक महिला उपसभापतिमा दुई जनाको मात्रै उम्मेदवारी परेको छ । सोविता गौतम र तोसिमा कार्कीले महिला उपसभापतिमा प्रतिस्पर्धा गरेका छन् ।

खुला उपसभापतिमा डा.स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेको छ । उपसभापतिमा अन्यको उम्मेदवारी नपरेपछि डा.वाग्ले निर्विरोध भएका छन् ।

Published : Friday, 2026 June 26, 11:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया