काठमाडौं उपत्यकाका १५ कन्सल्टेन्सीहरूमा प्रहरी छापा, १८ जना सञ्चालकहरू पक्राउ

काठमाडौं । दर्ता नगरी सञ्चालनमा रहेका काठमाडौं, भक्तपुर र ललितपुरका १५ वटा कन्सल्टेन्सीका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधिलाई पक्राउ गरिएको प्रहरी समाचार कक्ष, नक्सालले जनाएको छ ।

अनुगमनका क्रममा कानूनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूबाट १८ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको छ ।

पक्राउ परेकामध्ये १४ जना जिल्ला प्रहरी परिसर काठमाडौं, २ जना जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा गुरुबा/स्टडी ग्लाइडर, लेक्सिको एजुकेशन, पस्कल एजुकेशन, अपिटोम एजुकेशन, मेघाटेक एजुकेशन, स्किल पोइन्ट एजुकेशन, भाइब्रन्ट एजुकेशन, ड्रीम एजुकेशन, युनिभर्सल गेटवे, भिक्टरी एजुकेशन, २४ आवर्स एजुकेशन, ग्रीनर एजुकेशन, ग्लोबल इम्प्याक्ट, उरेशी एजुकेशन र ब्लूम अब्रड रहेका छन् ।

Published : Friday, 2026 June 26, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया