श्रीमतीको हत्या गरेर फरार श्रीमान् विजयपुरबाट पक्राउ
गौर । जिल्ला प्रहरी कार्यालय, रौतहटले श्रीमतीको हत्या गरी फरार श्रीमानलाई पक्राउ गरेको छ ।
असार ३ गते रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ६ पेटभर्वा टोल बस्ने वर्ष ४२ का महन्थ राय यादवलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बसन्त गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महन्थले धारिलो हतियार बञ्चरो प्रयोग गरी आफ्नै श्रीमती वर्ष ३२ की आरतीदेवी यादवलाई आफ्नै घरको सुत्ने कोठामा हत्या गरी फरार रहेका थिए ।
फरार रहेका महन्थलाई निरन्तर खोजतलास तथा प्राविधिक विश्लेषण समेतको आधारमा प्रहरी टोलीले विजयपुरबाट नियन्त्रणमा लिइएको छ ।
Published : Thursday, 2026 June 25, 10:44 am
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया