ट्राफिक प्रहरीहरूले ड्युटीको समयमा सवारीचालक र सेवाग्राहीहरूसँग हात नमिलाउन निर्देशन
काठमाडौं । ट्राफिक प्रहरीले अब ड्युटीको समयमा चालक तथा अन्य सेवाग्राहीहरूसँग हात मिलाउन नपाउने भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ट्राफिक प्रहरीले ड्यटीको समयमा सवारी सेवाग्राहीहरूसँग हात मिलाएका भिडियोहरू सामाजिक सञ्जालमा आएपछि हात नमिलाउन निर्देशन दिएको हो ।
‘अब उप्रान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीहरूले ड्युटीको समयमा सवारीचालकलगायत अन्य सेवाग्राहीहरूसँग हात मिलाउने कार्यलाई पूर्ण रूपमा अस्वीकार गरी टाढैबाट नमस्कार मात्र भनी सम्मान गर्न–गराउन हुन निर्देशानुसार अनुरोध गरिएको छ,’ निर्देशनमा भनिएको छ ।
Published : Wednesday, 2026 June 24, 8:11 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया