ब्यूरोद्वारा चन्द्रागिरीबाट नक्कली चिकित्सकलाई पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ल गैरकानूनी रुपमा चिकित्सक अभ्यासमा संलग्न रहेको अभियोगमा ४७ वर्षीया चेतन ए.एम. (पौडेल)लाई पक्राउ गरेको छ ।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपशम्शेर जबराद्वारा बुधबार जारी प्रेस विज्ञप्तिअनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टबाट पौडेललाई पक्राउ गरिएको हो । नेपाल मेडिकल काउन्सिल, बाँसबारीको उजुरी पत्रका आधारमा पौडेललाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
मातातीर्थमा बसोबास गर्दै आएका पौडेलले नपाएको चिकित्सकको उपाधि प्रयोग गर्नुका साथै उपचारमा बिरामीलाई औषधि सिफारिस गरिएका प्रेस्क्रिसन लेख्ने गरेको ब्यूरोले जनाएको छ ।
नेपाल मेडिकल काउन्सिल, बाँसबारीको नियमित अनुगमनका क्रममा पौडेलद्वारा चन्द्रागिरी नगरपालिका वडा नं. ८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टबाट मंगलबार पौडेललाई पक्राउ गरिएको थियो । पौडेललाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप भइ अनुमति लिएर अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया