पूर्वअर्थमन्त्री पौडेललाई गैरकानूनी रुपमा पक्राउ गरेको भन्दै सर्वोच्चमा रिट
काठमाडौं । एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको भन्दै पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी छिन् ।
बुधबार सर्वोच्च अदालतमा दोमायाले रिट निवेदन दिँदै आफ्ना पति विष्णुलाई गैरकानूनी रुपमा पक्राउ गरिएको जनाएकी छिन् । विष्णुलाई थुनामुक्त गर्न उनले आदेशको माग गरेकी छन् ।
रिट निवेदक दोमायाले विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र सुर्खेत प्रहरीलाई विपक्षी बनाएकी छिन् । निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।
विशेष अदालतले मंगलरबार पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न विभागलाई अनुमति दिएको थियो ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याएर मंगलबार अदालत उपस्थित गराइएको थियो ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया