मसान घाटमा अश्लील हर्कत गर्ने चार जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले परोपकार घाटमा अश्लील हर्कत गर्ने चार जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति ९ बजे विराटनगर महानगरपालिका वडा नं. १ परोपकार घाटस्थित दाह संस्कार (मसान घाट) गर्ने सार्वजनिक स्थानमा हो हल्ला गर्ने र दुई जना पुरुष निर्वस्त्र भइ अश्लील हर्कत गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेमा विराटनगर ६ बस्ने ४४ वर्षीय सुरेन्द्रमणि मण्डल, सुनसरीको रामधुनी नगरपालिका ६ का २५ वर्षीय कैलाश ढुङ्गाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका ६ का १८ वर्षीय मानिस काफ्ले र विराटनगर ४ का ४४ वर्षीय छविलाल घिमिरे रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2026 June 24, 6:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया