अबैध रुपमा काठमाडौंमा बस्दै आएका २४ बंगलादेशी नागरिकहरूलाई पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमा बस्दै आएका २४ विदेशी नागरिकहरूलाई पक्राउ गरेको छ ।
बुधबार काठमाडौं प्रहरीका एसपी पवनकुमार भट्टराईले प्रेस विज्ञप्ति जारी गरेर गैरकानूनी रुपमा नेपालमा बस्दै आएका २४ विदेशी नागरिकहरूलाई पक्राउ गरिएको जनाएका छन् । पक्राउ पर्नेमा सबै बंगलादेशी नागरिक छन् ।
प्रहरी वृत्त, स्वयम्भूबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नं. १५ डल्ली र सीतापाइला लगायतका क्षेत्रमा कपडा कारखानामा काम गर्दै आएका बंगलादेशी नागरिकहरूलाई पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गैरकानूनी रुपमा नेपालमा बसेका बंगलादेशी नागरिकहरूलाई प्रहरीले अध्यागमन विभाग, कालिकास्थानमा आवश्यक कारबाहीको लागि पठाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया