गोली हानेर दुई भारतीयलाई पक्राउ, प्रहरी जवान पनि घाइते
लहान । जिल्ला प्रहरी कार्यालय, सिरहाले गोली प्रहार गरेर दुई भारतीय नागरिकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ ।
आइतबार सिरहा नगरपालिका वडा नं. २१ लकडीगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको समाचार कक्ष, नक्सालले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, महेशपुरपतार र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, गोलबजार, सिरहाको संयुक्त प्रहरी टोलीले ९२.३ ग्राम ब्राउन सुगरसहित २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दै भारततर्फ भाग्न खोजेपछि एक राउण्ड हवाई फायर र एक राउण्ड गोली प्रहार गरिएको प्रहरी समाचार कक्षले जनाएको छ ।
गोली लागेर भारत, मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ जोगिया टोल निवासी अन्दाजी २८ वर्षीय छोटु भनिने रञ्जितकुमार पासवान घाइते भएका छन् । सोही क्रममा इलाका प्रहरी कार्यालय, महेशपुरपतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुर पनि खुट्टामा चोट लागेर घाइते भएका छन् । घाइते दुवै जनाको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ ।
घटनास्थलबाट भारतकै मधुवनी जिल्ला निवासी अन्दाजी १७ वर्षीय रमनकुमार पासवानलाई समेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया