काठमाडौंमा २२ लाखसहित तारालाल र होमबहादुर पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले स्रोत नखुलेको २२ लाख नगद सहित क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार राति ८ बजेको समयमा काठमाडौं महानगरपालिका– २ लाजिम्पाटमा क्रिप्टो करेन्सी (अभौतिक मुद्रा)को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी टोलीले छापामारेको शुक्रबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त स्थानबाट तारालाल विश्वकर्माले साथमा बोकेको झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली नगद रु.२२ लाख, अमेरिकी डलर ४० र दस्तखत गरेको तर, रकम उल्लेख नगरेको चेकहरू थान ४ बरामद गरेको छ ।
पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको म्यगङ गाउँपालिका वडा नं. ५ घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ६ बस्ने वर्ष अन्दाजी ४७ का तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका वडा नं. ७ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ५० को होमबहादुर के.सी. रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तारालाल विश्वकर्माले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको बिनान्स एपमा करिब २००० अमेरिकी डलर बराबरको क्रिप्टो करेन्सीको कारोबार देखिएको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया