बुटवलमा किप्टोकरेन्सीको कारोबार गर्ने सात चिनियाँ पक्राउ
भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले ७ जना चिनियाँ नागरिकहरूलाई अभौतिक मुद्रा (किप्टोकरेन्सी)को कारोबारको अभियोगमा गिरफ्तार गरेको छ ।
बिहीबार प्रेस विज्ञप्ति जारी गरेर रुपन्देही प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुष्णकुमार चन्दले ७ जना चिनियाँ नागरिकहरूलाई किप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा पक्राउ गरिएको जनाएका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. १२ मा चिनियाँ नागरिकहरूले कानूनले निषेधित गरेको विभिन्न एप र वेबसाइटहरूमार्फत किप्टोकरेन्सीको कारोबार गरिरहेको सूचनाको आधारमा बुधबार प्रहरीले छापामारेर उनीहरूलाई पक्राउ गरेको थियो । चिनियाँ नागरिकहरूले बिनान्से, ओकेएस, ईटोकेन, पाइथन, भीम, मोबीक्वीक, फोनपेमार्फत कारोबार गर्ने गरेका थिए ।
पक्राउ पर्ने चिनियाँ नागरिकहरूमा ४९ वर्षीय सियोङ गुवफु, ४३ वर्षीय हु गाङ्ग, ४५ वर्षीय लि छुहानहे, ३६ वर्षीय सुन हुई, ३५ वर्षीय झाओ क्वीछेन, ३१ वर्षीय सियाङ जैशुन र ४५ वर्षीय लि बिन रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले ११ थान मोबाइल र दुई थान ल्यापटप पनि बरामद गरेको डीएसपी चन्दले बताएका छन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया