अख्तियारको टोलीद्वारा नायव सुब्बालाई घुसको रकमसहित गिरफ्तार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कँडेललाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको छ ।
अख्तियारको टोलीले कँडेललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
नासु कण्डेलले जग्गा रोक्का राख्ने काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो । सोही सूचना एवं उजुरी निवेदनका आधारमा पोखराबाट खटिएको विशेष टोलीले उनलाई घुसबापतको ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा समातेको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कण्डेलको साथबाट सेवाग्राहीसँग लिएको ४० हजार रुपैयाँ घुस रकम र स्रोत नखुलेको थप २१ हजार ७० रुपैयाँ समेत बरामद गरिएको छ । अख्तियारले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया