अमिलियामा सुनको डल्लोसहित दुई जना पक्राउ

घोराही । दाङ जिल्लामा प्रहरीले दुई जनालाई सुनको डल्लोसहित पक्राउ गरेको छ ।

लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटलबाट सुन जस्तो देखिने पहेँलो धातु २ सय १४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६ मग्मा बस्ने २२ वर्षीय दिलिप परियार रहेका छन् । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त होटलको कोठा तलासी गर्दा उक्त धातु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

Published : Saturday, 2026 June 13, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया