काभ्रेमा बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । काभ्रेमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सडकमा बनेपाबाट रोशी खार्पा चोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बसमा सवार १६ जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाएको छ ।

यसैबीच, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ जनकपुरस्थित सडकमा हाल नम्बर नखुलेको जेसिबी र बिआर ३० ए क्यु ०२५६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक महोत्तरी घर भएका ६५ वर्षीय विपिन कुमार झा को मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको साई ट्रमा अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले हाल फरार जेसिबी चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Friday, 2026 June 12, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया