काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खोलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–५ दाउराडिपो डेरा गरी बस्ने मकवानपुरको बकैया गाउँपालिका–४ घर भएका २८ वर्षीय राजु लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी वृत्त, थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १५ हजार ९ सय रूपियाँ र ६ बुक तास सहित पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले प्रयोग गरेको बा.प्र.०२–०६२ प १९५० नम्बर र बा.प्र.०२–०६६ प १०८६ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Thursday, 2026 June 11, 2:18 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया