साधन, स्रोतको कमी हुँदा पनि प्रहरीको भूमिका प्रशंसनीय छ : मुख्यमन्त्री बानियाँ
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेपाल प्रहरीको बागमती प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०८३ मा सहभागी भएका छन् ।
बुधबार हेटौँडामा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, नक्साल, काठमाडौं र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको संयुक्त आयोजनामा बागमती प्रदेश प्रहरी कार्यालयको हलमा गोष्ठी भएको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बानियाँले शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिकाको प्रशंसा गरेका छन् । उनले साधन, स्रोतको कमी हुँदाहुँदै प्रहरीले जनताको सुरक्षाका लागि गरेको कार्यको प्रशंसा गरेका छन् ।
गोष्ठी कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री शिवराज अधिकारी, विशिष्ट अतिथि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एआईजी सुशीलसिंह राठौर, उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता पूजा खत्री, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया