अदालतको लेटरप्याड र दस्तखत कीर्ते गर्ने व्यक्ति पक्राउ

काठमाडौं । अदालतको लेटरप्याड र आधिकारिक दस्तखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका–३ बस्ने गोरखा आरूघाट गाउँपालिका–७ घर भएका २६ वर्षीय बिबस अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार केन्द्रीय अनुसन्धान, ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुङ्गलबाट पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रारम्भीक अनुसन्धानको क्रममा काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाई बिबस अधिकारी भन्ने नामबाट २०८२ चैत १५ मा मुद्दा खोल्ने तथा पुनः प्रमाणीकरण सम्बन्धी सूचना भन्ने पत्र कीर्ते बनाई मुद्दाको अन्तिम निर्णय भएको थियो ।

बिबसको बैंकमा २ करोड १३ लाख रूपियाँ रकमान्तरण हुने र २०८२ चैत २४ गते सेवा शुल्क भुक्तानी सम्बन्धी झुठ्ठा लिखत तयार गरी बिबसलाई अदालतबाट १ लाख ६ हजार ५ सय रूपियाँ सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट नगरिने अस्वाभाविक व्यहोरा उल्लेख गरी काठमाडौं जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाई न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छाप कीर्ते गरी प्रचलनमा ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनी उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2026 June 10, 1:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया