वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ बस्ने सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ बस्ने रामेछापको उमाकुण्ड गाउँपालिका–७ घर भएका ४७ वर्षीय वेदबहादुर सुनुवार, काठमाडौंको टोखा नगरपालिका–६ बस्ने झापाको भद्रपुर नगरपालिका–२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका–१८ बस्ने तनहुँको भानु गाउँपालिका–१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपियाँ, वेदबहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपियाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपियाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर, मध्यपुर थिमि नगरपालिका–३ बाट सोमबार तथा वेदबहादुरलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ बाट, अनिल र विवेकलाई काठमाडौंको टोखा नगरपालिका–६ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया