यशोदा फुड्सको करेन्ट लगायतका उत्पादनहरू ढुक्क साथ उपभोग गर्न आग्रह
काठमाडौं । यशोदा फुड्स प्रा.लि.ले खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नं. २०२६/०२/२३–०४ए को चाउचाउ बाहेक सबै उत्पादनहरू उपभोग गर्न सकिने जनाएको छ ।
यशोदा फुड्स प्रा.लि.ले सूचना प्रकाशित गरेर ब्याच नं.०४ए वा सोभन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू निर्वाद रुपमा उपभोग गर्न सकिने जनाएको छ । ती उत्पादनहरू ढुक्क साथ उपभोग तथा बिक्री वितरण गर्न यशोदा फुड्स प्रा.लि.ले अनुरोध गरेको छ ।
यशोदा फुड्स प्रा.लि.का उत्पादनहरूलाई लिएर बेलाबेला केही स्वार्थ समूहले गलत हल्ला फैलाउँदै आएको छ । ती हल्लालाई चिर्नका लागि आफ्ना उत्पादनहरूको गुणस्तरमा यशोदा फुड्स प्रा.लि.ले नियमित रुपमा खाद्य तथा गुण नियन्त्रण कार्यालयमा परीक्षण गराउनुका साथै उपभोक्ताको स्वास्थ्यमा विशेष ध्यान दिँदै आएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया