लुम्बिनीमा बजेटको मुखमा एमाले र जसपाका मन्त्रीहरूले लिए शपथ
बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नव नियुक्त पाँच मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट चार जना र जनता समाजवादी पार्टी (जसपा)बाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्री तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया