मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीलाई रोयल थाई आर्मीका जनरलद्वारा अवार्ड प्रदान
काठमाडौं । मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीलाई थाइल्याण्डमा विशेष सम्मान सहित अवार्ड प्रदान गरिएको छ ।
बैककको राजधानी थाइल्याण्डस्थित रोयल थाई आर्मी क्लवमा नेपाली समयअनुसार सोमबार आयोजित वर्ल्ड मिट ७औँ अन्तर्राष्ट्रिय अवार्ड २०२५ कार्यक्रममा पूर्वअध्यक्ष अन्सारीलाई प्रमाणपत्रसहित सम्मान र पुरस्कार प्रदान गरिएको हो । पूर्वअध्यक्ष अन्सारीलाई रोयल थाई आर्मीका प्रमुख जनरल पाना क्लेवप्लोडथुकले सम्मानसहित अवार्ड प्रदान गरेका हुन् ।
कार्यक्रमको सभापतित्व ईन्टरनेश्नल डेभलपमेन्ट कोअपरेशन अर्गनाइजेशनकी अध्यक्ष समेत रहेकी जुरप्पा पेटाकसथनले गरेकी थिइन् ।
थाइल्याण्डमा भएको सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश, दक्षिण कोरिया, जापान, अमेरिका, ईण्डोनेसिया लगायत देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया