प्रसौनीबाट जुवातास खेल्ने समूहका सात जना पक्राउ
वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ बाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, पोखरीयाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा छापा मारेर जुवातास खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिएको प्रेस नोटमा उल्लेख छ । पक्राउ परेकाहरूको साथबाट नगद २९ हजार ५०० रुपियाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइएको छ ।
Published : Sunday, 2026 June 7, 9:45 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया