सुन र चाँदीको भाउमा उच्च दरले गिरावट
काठमाडौं । सुन र चाँदीको भाउमा उच्च दरले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपियाँ घटेको छ ।
अघिल्लो दिन ३ लाख ९ हजार रुपियाँ रहेको सुनको भाउ आइतबार ३ लाख ८ सय रुपियाँमा झरेको छ । गत आइतबार ३ लाख ११ हजार १ सय रुपियाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ सोमबार तोलामा ३३५ रुपियाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार २३० रुपियाँ रहेको चाँदी सोमबार ४ हजार ८९५ रुपियाँमा झरेको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ५ हजार ३४५ रुपियाँ रहेको थियो ।
पछिल्लो समय सुन र चाँदीको भाउमा गिरावट हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर र तेलको भाउका कारण सुन र चाँदीको भाउलाई पनि प्रभावित तुल्याउँदै आएको छ ।
Published : Sunday, 2026 June 7, 12:20 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया