परराष्ट्रमन्त्री खनाल र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबीच भेट
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन् ।
शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयसमेत रहेको सेवा तीर्थ भवनमा खनाल र डोभालबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सुरक्षा तथा आपसी चासोका विषयमा छलफल भएको बताइएको छ । दुवै पक्षले द्विपक्षीय सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विचार आदान–प्रदान गरेका छन् ।
यसअघि, परराष्ट्रमन्त्री खनालले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । उनीहरूका बीच नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यका विविध पक्षबारे छलफल भएको बताइएको छ ।
दुवै पक्षले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान गरेका छन् । पार्टी–पार्टी संलग्नतालाई गहिरो बनाउने र जनता–जनता सम्बन्ध विस्तार गर्ने लगायतका विषयमा छलफल भएको चौथाइवालेले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
भारतीय विदेशमन्त्री डा.एस. जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा गएका हुन् । भारत बसाइका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गरेका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया