सगरमाथामा हराएका दावालाई ६ दिनपछि उद्धार, पत्नीले शुरु गरेकी थिइन् अन्तिम संस्कार
काठमाडौं । छ दिनअघि सगरमाथामा हराएका गाइड ५२ वर्षीय हिलारी दावा शेर्पा आधार शिविरमा फेला परेपछि उद्दार गरेर काठमाडौं ल्याइएको छ ।
दावा गाइडको रुपमा सगरमाथा चढेका थिए । उनी सगरमाथा क्षेत्रमा हराएका थिए । ८के एक्सपिडिसनका पेम्बा शेर्पाका अनुसार, दावालाई बिहीबार बिहान खुम्बु आइसफल वरपरको हिउँले ढाकिएको भिरालोमा घिस्रिँदै गर्दा सफाइ टोलीका सदस्यहरूले फेला पारेका थिए ।
समितिका सदस्यहरूले दावालाई सुरक्षित स्थानमा लगेर खाना र पानी दिइएका थिए । उद्धारमा खटिएको हेलिकप्टरले दावालाई काठमाडौंको ह्याम्स अस्पताल ल्याएको छ । ह्याम्स अस्पतालका चिकित्सकहरूले दावाको उपचार शुरु गरिएको बताउँदै स्वास्थ्यमा क्रमशः सुधार हुने अपेक्षा लिएको बताएका छन् ।
दावाको सगरमाथामा हराएर मृत्यु भएको भन्दै उनकी श्रीमती र छोरीले अन्त्येष्टिको संस्कार शुरु गरिसकेका थिए । दावाको सकुशल उद्धार गरेर ल्याएपछि पत्नी दामु शेर्पा र छोरी मेन्डो ल्हामु शेर्पा खुसी भएका छन् ।
‘हामीले पहिलो पटक स्थानीय समाचार र हामीले चिनेको एक व्यक्तिबाट दावा शेर्पा जीवित रहेको सुनेका थियौं, जसले उहाँलाई तल झारिँदैछ भन्ने खबर लिएर फोन गरेका थिए,’ दावा शेर्पाकी श्रीमती दामु शेर्पाले भनिन् ।
दावालाई अन्तिम पटक मे २९ मा सगरमाथा क्षेत्रबाट ओर्लिरहेको देखिएको थियो । उनी आधार शिविरमा पुगेनन् । यद्यपि उनका विदेशी आरोही आधार शिविरमा पुगेका थिए । दावा शेर्पाको खोजी कार्य भएको थियो । तत्काल दावा शेर्पा फेला परेका थिएनन् ।
पर्वतारोही दावा शेर्पालाई जुन ४, २०२६ मा काठमाडौंको ह्याम्स अस्पतालमा आइपुगेपछि चिकित्सक र उद्धारकर्ताहरूले बोकेर उपचार कक्षसम्म पुर्याएका थिए ।
दावा शेर्पाको परिवारको लागि उनलाई फेरि भेट्ने आशा लगभग समाप्त भइसकेको थियो । दावाकी छोरी मेन्डो ल्हामु शेर्पाले अन्त्येष्टि संस्कारको दोस्रो दिनमा बाबालाई सकुशल पाएको बताएकी छिन् ।
‘जब हामीले पहिलो पटक यसको बारेमा सुन्यौं, हामी निश्चित हुन सकेनौं कि त्यो व्यक्ति वास्तवमा हाम्रो बुबा हो कि होइन,’ छोरी मेन्डो ल्हामु शेर्पाले भनिन्, ‘त्यसैले निश्चित हुनको लागि हामीले तस्बिरहरू पठाउन अनुरोध ग¥यौं । फोटो हेरेपछि मात्र हामी निश्चित भएर धेरै खुसी भयौं ।’
दावालाई सगरमाथा प्रदूषण नियन्त्रण समितिका सदस्यहरूले फेला पारेर उद्दार गरेका थिए । समितिले प्रत्येक आरोहण मौसमको शुरुमा मार्गमा भर्याङ र डोरीहरू बिछ्याउँछ । त्यसपछि ती उपकरणहरू हटाउँछ । समितिले पर्वतारोहीहरू गएपछि साइट सफा गर्छ ।
गत महिना विश्वको सबैभन्दा अग्लो हिमालमा सगरमाथामा १ हजारभन्दा बढी पर्वतारोही र उनीहरूका गाइडहरूले सगरमाथा आरोहण गरेका छन् । यस मौसममा सगरमाथा आरोहणका क्रममा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया