बागलुङमा अनैतिक सम्बन्धले श्रीमानको हत्या, पत्नीसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बागलुङले कर्तव्य ज्यान सम्बन्धी कसूरका तीन जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

बागलुङको जैमिनी नगरपालिका वडा नं. १० राङखानी हाडीकोट सामुदायिक वनस्थित प्रतिक्षालयमा वर्ष ६२ का देउवबहादुर सार्कीको हत्या अभियोगमा ३ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक यामनारायण अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

लमजुङको क्वाहोलासोथार गाउँपालिका वडा नं. ९ घर भएका देउबहादुर सार्कीलाई उनकै श्रीमती तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७ पहेर घर भएकी वर्ष २६ की लक्ष्मी नेपालीले अन्य दुई जनाको सहयोगमा आफ्नै श्रीमान देउबहादुर सार्कीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा पक्राउ पर्नेमा देउबहादुर सार्कीकी पत्नी लक्ष्मी नेपाली, कास्कीको पोखरा महानगरपालिका वडा नं. २६ जलधारे घर भएका वर्ष ३८ का रामआकाश विश्वकर्मा र कास्कीको मादी गाउँपालिका वडा नं. ३ याङ्गजाकोट घर भएका वर्ष ५६ का दमाई भनेर चिनिने आसपुरे कामी रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

लक्ष्मी, रामआकाश र आसपुरेले देउबहादुरलाई टाउकोमा ढुङ्गाले प्रहार गरेर कर्तव्य गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरेर प्रहरीले बागलुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

देउबहादुर सार्कीकी पत्नी लक्ष्मी नेपाली र हत्या अन्य दुई पुरुषबीच अनैचिक सम्बन्धका कारण हत्या भएको हुन सक्ने प्रारम्भीक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी निरीक्षक अर्यालले बताए । उनीहरू सबै बन्दै गरेको टाउमा मजदुरीको काम गर्न आएका थिए । सोही क्रममा लक्ष्मी नेपाली तथा रामआकाश र आसपुरेबीच अनैतिक सम्बन्धले देउबहादुरको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

Published : Wednesday, 2026 June 3, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया