प्रतिवाद गर्दा गोली लागेर श्रीमान् र श्रीमती घाइते

सोनामा । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३, खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा गोली लागेर श्रीमान् र श्रीमती घाइते भएका छन् ।

मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५÷६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद हुँदा २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादवमाथि गोली प्रहार भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । गोली लागेर दुवै जना घाइते भएका छन् ।

घाइतेहरूको प्रारम्भीक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान भइरहेको छ ।

Published : Wednesday, 2026 June 3, 10:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया