प्रधानमन्त्री शाहको विद्युतीय हाजिरी रेकर्ड र जमीन कहाँ मिचियो तथ्याङ्क दिनुस् : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्कराज राईले संसदमा प्रधानमन्त्री वालेन शाह (बालेन)को हाजिरीको जानकारी माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शुरुमा बोल्दै सांसद राईले प्रधानमन्त्री शाहको संसदको हाजिरी रेकर्ड माग गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था छ ।

बैठकमा सदस्यको उपस्थितिसम्बन्धी जानकारी सचिवालयले विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्नेछ ।

नियमावलीको यही नियम स्मरण गर्दै सांसद राईले प्रधानमन्त्री शाहको हाजिरी खोजेका हुन् । उनले भने, ‘प्रधानमन्त्री ज्यू यहाँ आउँदाखेरि हाजिर गर्नुभएको छ कि छैन ? यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ ।’ प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधनमन्त्री पद स्वतः रद्द हुने उनको आग्रह छ ।

सांसद राईले प्रधानमन्त्री शाहले नेपालले भारतको जमीन कहाँ कहाँ मिचेको छ भनेर जानकारी दिनुपर्ने माग गरेका छन् । गल्त गरेको भए माफी माग गर्नुपर्ने सांसद राईले बताए ।

Published : Tuesday, 2026 June 2, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया