प्रधानमन्त्रीको विववादित अभिव्यक्तिपछि कांग्रेससहितका दलहरूले अबरोध गरेपछि संसद बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेपछि सभामुख डोलप्रसाद अर्यालले संसदको बैठक स्थगित भएको सूचना सुनाएका छन् । विपक्षी दलहरूको अबरोध भएपछि अर्यालले प्रतिनिधिसभाको बैठक जेठ २५ गते स्थगित गरेका छन् ।
मंगलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक २ घण्टा ढिला शुरु भएको थियो । बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र माफी माग्न माग राखेका छन् । उनीहरूले नाराबाजीसँगै वेल घेराउ गर्न थालेपछि सभामुख अर्यालले बैठक स्थगित भएको सूचना सुनाएका हुन् ।
Published : Tuesday, 2026 June 2, 4:28 pm
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया