सांसद शेर्पाद्वारा सगरमाथाको सफल आरोहण, सभामुखद्वारा सम्मान
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका संघीय संसद्, प्रतिनिधिसभाका सांसद मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सांसद शेर्पालाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी तथा राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीको उपस्थिति रहेको थियो ।
सांसद शेर्पाले वि.सं. २०८३ साल जेठ १३ गते (मे २७, २०२६) बिहान ५ः४० बजे संघीय संसद्को झण्डासहित सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो बहालवाला संघीय सांसद हुन् । यो उनको सगरमाथाको दशौँ सफल आरोहणसमेत हो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया