कांग्रेस सभापति र पदाधिकारीहरूद्वारा बजेट बनाउने तयारीमा लाग्न लुम्बिनीका मन्त्रीहरूलाई निर्देशन
भैरहवा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लुम्बिनी प्रदेशमा सहभागी पार्टीका मन्त्रीहरूलाई बजेटको तयारीमा लाग्न निर्देशन दिएका छन् ।
सोमबार रुपन्देहीमा थापासहितका पदाधिकारीहरूले लुम्बिनी प्रदेश सभाका सदस्यहरू र मन्त्रीहरूसँगको छलफलमा बजेटको तयारीमा लाग्न निर्देशन दिइएको सहमहामन्त्री योगेन्द्र चौधरीले बताए । चौधरीले भने, ‘सभापतिज्यूले सबैसँग समन्वय गरेर बजेट बनाउन निर्देशन दिनुभएको छ, पार्टीको निर्देशन मान्नुपर्छ । पार्टीको निर्देशनभन्दा बाहिर जानु हुँदैन । बजेट बनाउन टिम बनाइदिने हो ।’
लुम्बिनी प्रदेश सरकारबाट कांग्रेसका केही मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू पठाउने चर्चा र हल्ला चलिरहेका बेला सभापति थापासहितका केन्द्रीय पदाधिकारीहरूले बजेट अगाडि लुम्बिनी सरकारबाट मन्त्रीहरू परिवर्तन नहुने बताएका हुन् ।
सभापति थापाको भनाइ उदृत गर्दै सहमहामन्त्री चौधरीले भने, ‘बजेटपछि लुम्बिनी सरकार अर्को ढङ्गबाट जान सक्छ । तयारी अवस्थामा बस्नु होला । पार्टीको निर्देशन मान्नु होला ।’
लुम्बिनी प्रदेश सरकारबाट व्यक्तिगत रुपमा केही नेताहरूले केही मन्त्रीहरूलाई फिर्ता बोलाएर आफू निकटका प्रदेश सभा सदस्यहरूलाई मन्त्री बनाउन खोजेका थिए । तर, कांग्रेसको केन्द्रीय नेतृत्वले राजनीतिक रुपमा उचित निर्णय र कदम उठाएको छ । सभापति थापासहितका पदाधिकारीहरूको निर्णयले लुम्बिनी प्रदेश सरकारमा गलत हर्कत गर्न खोज्ने ‘झल्लु’हरूको योजना तुहाइदिएको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया