दाङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

लमही । दाङ जिल्लामा टिपर र मोटरसाइकल दुर्घटना हुँदा बावु छोराको मृत्यु भएको छ ।

सोमबार तुलसीपुर उपमहानगरपालिका–५ गुल्म चोकमा रा.१ ख २१९२ नम्बरको टिपर र रा.४ प ३३९० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक लमही नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोज नेपाली र मोटरसाइकलमा सवार उनकै छोरा ५ वर्षीय मीनाराज नेपाली रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि., नेपालगञ्ज, बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Monday, 2026 June 1, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया