एकीकृत यातायात व्यवस्थापन प्रणाली समय सापेक्ष प्रयासको रूपमा स्थापित भएको छ : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एकीकृत यातायात व्यवस्थापन प्रणालीसम्बन्धी गोष्ठी अत्यन्त महत्वपूर्ण एवम् समय सापेक्ष प्रयासको रूपमा स्थापित भएको बताएका छन् ।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा एकीकृत यातायात व्यवस्थापन प्रणालीसम्बन्धीलाई सम्बोधन गर्दै आईजीपी कार्कीले गोष्ठीले नीति निर्माणकर्ता, कार्यान्वयन गर्ने निकाय, विज्ञ, सरोकारवाला संस्था तथा समुदायलाई एउटै मञ्चमा भेला भएर सामूहिक प्रयासमा सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापनको क्षेत्रमा गर्नुपर्ने सुधारका विषयहरू पहिचान गर्न सफल भएको बताए ।

कार्कीले सडक सुरक्षा कुनै एक निकायको प्रयासले मात्र सम्भव नहुने बताए । उनले सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गरी अझ उच्चस्तरको समन्वयका साथ अगाडि बढ्ने प्रतिवद्धता र कार्यान्वयनको आवश्यकता रहेको बताएका छन् ।

सबै सरोकारवाला निकायहरूले वैज्ञानिक ट्राफिक व्यवस्थापन एवम् सडक सुरक्षालाई थप व्यवस्थित बनाउँदै नियम तथा कानून कार्यान्वयनमा निष्पक्षता, पारदर्शीता एवम् प्रविधिको उच्चतम प्रयोग गर्नुपर्नेतर्फ आईजीपी कार्कीले बताएका छन् ।

Published : Monday, 2026 June 1, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया