फरार जीबी राईबारे प्रधानमन्त्री शाहले स्पष्ट जवाफ दिएनन्

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सहकारी ठगीमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी)बारे सोधिएको प्रश्नको चित्तबुझ्ने गरि जवाफका छैनन् ।

आइतबार सिंहदरबारस्थित संसद भवनमा बसेको प्रतिनिधि सभाको बैठकमा अकास्मात् प्रश्न गर्न भनेपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी पीडितको बचत फिर्ता र जीबी राईबारे प्रश्न गरेका छन् ।

‘नेपालमा सहकारीको ठूलो घोटला भयो । थुप्रै आन्दोलन भयो । जीबी राईलगायतका थुप्रै मानिसहरू कहिले पक्राउ पर्छन् ? विशेषतः जीबी राई कहिले पक्राउ पर्छन् ?,’ राईले सोधेका छन् ।

‘सहकारीको विषयमा कोष खडा गरेका छौं । बाहिर आएजस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो हैन,’ प्रधानमन्त्री शाहले भने, ‘गएको महिनाको रिपोर्ट हेर्दा ३ करोड जस्तो सहकारीबाट उठाइएको थियो ।’

‘५०÷६० लाखजस्तो दिइएको थियो । यसको मतलब सरकारको पैसा गइरहेको होइन,’ शाहले भने, ‘हामीले सहकारीबाट उठाएरै पीडितहरूलाई पैसा बाँड्ने हो ।’

Published : Sunday, 2026 May 31, 3:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया